Logo
Logo

ओखलढुंगामा ६ हजार ५३५ मतले यज्ञराज पछाडि


8.4k
Shares

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसले साढे ६ हजार बढी मतान्तरले अग्रता कायम गरेको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरि खतिवडाले २६ हजार ५५१ मतसहित अग्रता कायम गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २० हजार ११६ मत पाएका छन् ।

रामहरि र यज्ञराजबीचको मतान्तर छ हजार ५३५ रहेको छ । त्यस्तै जनता समाजवादी पाटीका जुद्धबहादुर राईले सात सय ६५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पाटीका सोभा कार्कीले ५४३ मता ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्