Logo
Logo

डोटी-१ मा प्रेम आले भारी मतसहित अगाडि


15.4k
Shares

डोटी । डोटी–१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार पूर्वमन्त्रीसमेत रहेका आलेले १५ हजार ९४८ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरीकुमारी ओलीले १२ हजार ३५२ मत पाएकी छन् ।

ओलीभन्दा आले तीन हजार ५९६ मतले अगाडि छन् । यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले २ हजार ५२५ मत पाएका छन् । यहाँ मतणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्