Logo
Logo

कास्की-३ (१) मा एमालेका गुरुङ विजयी


4.3k
Shares

पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् ।
आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारीले नौ हजार ६ सय ६२ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार ६ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्