Logo
Logo

एमालेलाई हराउँदै रुकुम पूर्वमा माओवादी केन्द्रका पूर्ण घर्ती विजयी


11.3k
Shares

रुकुम पूर्व । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् ।

घर्तीमगरले १२ हजार २६२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत पाए ।

यसअघि घर्तीमगर लुम्बिनी प्रदेशसभाको सभामुख थिए । प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुनमगर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्