Logo
Logo

सुवास नेम्वाङको क्षेत्रमा मतगणना स्थगित


44.1k
Shares

इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले केहीबेरदेखि मतगणना स्थगित भएको जानकारी दिए ।

दाहालका अनुसार नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो । कांग्रेस उम्मेदवारले गनिसकेको मतपत्र लापारबाही तरिकाले राखिएको भन्दै असन्तुष्टि जनाउँदा विवाद सिर्जना भएको उनले बताए ।

विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । निर्वाचन अधिकृत दाहालले साढे ५ बजे सर्वदलीय बैठक बसेर गणना सुरू गरिने बताए ।

‍इलाम– २ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्