Logo
Logo

कालीकोट प्रदेशसभा १ मा माओवादीका रावत निर्वाचित


1.4k
Shares

मान्म । कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।

रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । प्रदेशसभा ‘१’ मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।

त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेको लम्सालको भनाइ छ । नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार एक सय ७२ ल्याएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्