Logo
Logo

दाङ-३ को प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार डिल्ली चौधरी निर्वाचित


2.1k
Shares

दाङ । दाङ–३ को प्रदेशसभा (२)बाट सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् । चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन् । चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । यसअघि क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका धनबहादुर मास्की (राजेश)ले एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्