Logo
Logo

तनहुँ-१ मा रामचन्द्र पौडेल विजयी


1.6k
Shares

तनहुँ । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २५ हजार ३१३ मतसहित जित हासिल गरेका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९२५ मत पाए । यी दुई जनाबीच मतान्तर ५३८८ छ । यस्तै, यहाँ कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्