Logo
Logo

एमालेका महासचिव शंकर पोखरेल पराजित


6.3k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका पोखरेललाई नेकपा माओवादी केन्द्रका रेखा शर्माले पराजित गरेका हुन् ।

शर्माले पोखरेललाई १९६ मतान्तरसहित पराजित गरेका हुन् । उनले २६ हजार ८७७ मत पाइन् भने पोखरेलले २६ हजार ६८१ मत पाए ।

पोखरेलको पराजयले नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । विशेषगरि भावी प्रधानमन्त्रीको दौडमा रहेका अध्यक्ष केपी शर्मा ओलीलाई महासचिव नै पराजित भएपछि संकट आइलाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्