Logo
Logo

एमाले र माओवादीका दुबै महासचिव पराजित


13.9k
Shares

काठमाडौं । देशका दुई ठूला कम्युनिष्ट पार्टी (नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का दुबै महासचिव पराजित भएका छन् ।

दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमालेका महासचिव शंकर पोखरेल र लमजुङ–१ बाट माओवादीका उम्मेदवार देव गुरुङ पराजित भएका हुन् ।

रमाइलो पक्ष के रह्यो भने एमालेका महासचिव माओवादीका उम्मेदवार रेखा शर्मासँग पराजित भएका हुन् भने माओवादीका महासचिवलाई एमालेका पृथ्वी सुब्बा गुरुङले हराएका हुन् ।

अध्यक्ष पछि पार्टीमा शक्तिशाली पद महासचिव होल्ड गरेका महासचिवहरु नै पराजित भएपछि दुबै पार्टीमा खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्