Logo
Logo

डीनाको अग्रतामा अवरोध, दीपक सिंहले उछिने


10.8k
Shares

हेटौंडा । मकवानपुर–१ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक सिंहले अग्रता लिएका छन् । पछिल्लो मत विवरणअनुसार सिंहले १८ मतको अग्रता बनाएका हुन् ।

सिंहले अहिलेसम्म २३ हजार ३५८ मत पाएका छन् । यस्तै, सुरुदेखि अगाडि रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले २३ हजार ३४० मतसहित अहिले दोस्रो स्थानमा ओर्लेकी छन् ।

यस्तै, राप्रपा नेपालका कमल थापाले २२ हजार ६५८ मत पाएका छन् । यहाँ अब मकवानपुर उपमहानगरपालिका–९ र १० को मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्