Logo
Logo

एमालेका विशाल भट्टराई पराजित


87.3k
Shares

खोटाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई पराजित भएका छन् ।

माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’सँग २ हजार ६६९ मतान्तरले पारजित भएका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पासाङले ३१ हजार ३५१ मत प्राप्त गर्दै जिजयी हुँदा भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठवन्धनको सहयोगमा खोटाङबाट निर्वाचन जितेका भट्टराई यो पटक भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी सहितको गठवन्धनका उम्मेदवार पासाङसंग पराजित भएका हुन्।

भट्टराई २०७० सालको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनी यो पटक ‘ह्याट्रिक’ गर्ने दाउमा थिए । तर ०७४ सालको निर्वाचनमा पासाङको सहयोगमा निर्वाचन जितेका भट्टराई यो पटक भने पासाङसंगै पराजित भए ।

प्रतिक्रिया दिनुहोस्