Logo
Logo

पाचौं प्रयासमा दीपकबहादुर विजयी


2.6k
Shares

काठमाडौं । मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपकबहादुर सिंह विजयी भएका छन् । उनले सत्ता गगबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्यय ‘डिना’ लाई २ हजार ३९३ मतान्तरले पराजित गरेका हुन् ।

सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय २३ मत पाए । यता नेकपा एमालेको चुनाव चिन्हबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भए ।

प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका राप्रपाका सिंहले पाचौँ प्रयासमा जित हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्