Logo
Logo

मेयरमा पराजित दीपक सिंह सांसदमा विजयी


4.3k
Shares

काठमाडौं । गत स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएको दीपक सिंह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । स्थानीय निर्वाचनमा एकीकृत समाजवादीकी मीनाकुमारी लामासँग उनी पराजित भएका थिए ।

तर, अहिले दीपक सिंहले सत्ता गठबन्धनका उम्मेदवार डीना उपाध्याय र एमाले गडबन्धनबाट सूर्य चिन्ह चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका छन् ।

यसअघि दीपक सिंहले प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका थिए । उनी पाचौँ प्रयासमा जित हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्