Logo
Logo

झापा ४ मा एमालेका एलपी साँवा दोस्रोपटक विजयी


4.7k
Shares

काठमाडौं । प्रतिनिधिसभामा झापा निर्वाचन क्षेत्र–४ मा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ मतले पराजित गरेका हुन् । साँवाले २९ हजार तीन सय १५ मत पाए भने थेवेले २२ हजार चार सय ४८ मत प्राप्त गरे ।

साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्