Logo
Logo

सर्लाही-४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार विजयी


6.9k
Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका नागेन्द्रकुमार रायलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् ।

माछा चुनाव चिह्न पाएका उनले २००१७ मत ल्याए भने कांग्रेसकारायले १८२५२ मत पाए । त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४६२२ मत पाइन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो । कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्