Logo
Logo

अपराध महाशाखाको असई बनेर पैसा असुली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ भदौ । ‘अपराध महाशाखाको असई हुँ’ भन्दै डरधम्की दिई अवैध रुपमा रकम असुल्न खोज्ने दुईजना प्रहरी फन्दामा परेका छन् । काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका–१ का २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस–८ का ३१ वर्षीय हिमाल लिम्बुलाई महाशाखाले पक्राउ गरेको हो ।

काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर–धम्की दिई अवैध रुपमा रकम माग गरेका थिए । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्