Logo
Logo

भोजपुरमा एमाले ‘क्लिन स्विप’


24k
Shares

काठमाडौं । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको भोजपुरमा नेकपा एमाले ‘क्लिन स्विप’ भएको छ । ०७४ को निर्वाचनमा वाम गबन्धनले कांग्रेसलाई ‘क्लिन स्विप’ गरेको थियो । अहिले सत्ता गठन्धनले एमालेलाई ‘क्लिन स्विप’ गरेको हो ।

भोजपुरबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राई पराजित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीसँग पराजित भएका हुन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए । राई भने प्रदेशभा सदस्य बनेर प्रदेश–१ को मुख्यमन्त्री भएको थियो । त्यो बेला एमाले र माओवादीले वाम गठबन्धन गरेको थियो ।

भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ । २०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए । तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिएका थिए ।

त्यस्तै प्रदेशसभा पनि सत्ता गठबन्धनकै उम्मेदवाहरु विजयी भएका छन् । भोजपुरबाट प्रदेशसभा १ मा एकिकृत समाजवादीका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा कांग्रेसका विनोद वान्तवा निर्वाचित भएका छन् ।

भोजपुर १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका सचिव राईले ३ हजार ८७७ मतान्तरसहित जित हात पारेका हुन् । उनले १६११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राई १२ हजार २२३ मत पाए ।

प्रदेशसभा–२ मा नेपाली कांग्रेसका वान्तावाले ७५१ मतान्तर सहित प्रतिद्वन्दि नेकपा एमालेका खड्गवहादुर कार्कीलाई पराजित गरेका छन् । उनले १३ हजार ५ सय ७९ मत पाएका छन् भने कार्कीले १२ हजार ८ सय २८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्