काठमाडौं । रिचार्लिसनको दुई गोल प्रेरित ब्राजिलले बुधबार राति कतार फिफा विश्वकप २०२२ फुटबलमा विजयी सुरुआत गरेको छ । लुसेल स्टेडियममा पाँच पटकको च्याम्पियन ब्राजिलले सर्बियालाई २-० ले पराजित गर्यो ।
पहिलो हाफमा कुनै गोल नहुँदा ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६२औं मिनेटमा रिचार्लिसनले अग्रता दिलाए । ७३औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । २५ वर्षीय रिचार्लिसनले भिनिसिअस जुनियरको पासमा गोल गरे ।
जितसँगै समूह ‘जी’ मा ब्राजिलले पहिलो खेलबाट तीन अंक जोडेको छ । सर्बिया अंक विहीन छ ।