Logo
Logo

काभ्रे-१ को ‘क’ मा तीन मतले तीर्थ लामा निर्वाचित


12.2k
Shares

धुलिखेल । काभ्रे क्षेत्र १ को प्रदेशसभा (२ )मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका हुन् ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्