Logo
Logo

सोमप्रसादलाई हराउँदै ठाकुर गैरे ‘डेब्यु’ प्रतिस्पर्धामै विजयी


8.3k
Shares

काठमाडौं । प्रतिनिधिसभातर्फ पाल्पा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उमेदवार ठाकुर गैरे विजयी भएका छन् ।

उनले निवर्तमान सांसद समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् ।
उनी ‘डेब्यु’ प्रतिस्पर्धामै प्रतिनिधिसभामा सांसद बनन सफल भए ।

०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उमेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्वसहकर्मी हुन् । माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि पाण्डे सोही पार्टीमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्