Logo
Logo

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ११ घाइते


1.6k
Shares

सिन्धुपाल्चोक । दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंतर्फ जाँदै गरेको बस शुक्रबार लामोसाँघु मुडे सडकखण्ड उन्नाइस किलो भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दुर्घटना हुन पुगेको हो । बसमा ३५ यात्रु सवार थिए । जसमध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

११ घाइतेको अवस्था आहिले सामान्य रहेको र केही घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्