Logo
Logo

उपत्यकामा समानुपातिकतर्फ कति मत ल्यायो समाजवादीले ?


54.4k
Shares


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउन संघर्षरत छ । पछिल्लो परिणामअनुसार उसले सवा लाख मत ल्याएको छ । थ्रेसहोल्डका लागि करिब तीन लाख मत आवश्यक हुन्छ ।


काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा उसले राम्रै मत ल्याएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंमा उसको १२ हजार एक सय मत छ । काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत ल्याएको छ । उसले एक लाख १ हजार, कांग्रेसले ८० हजार, एमालेले ७९ हजार, राप्रपाले ६१ हजार र माओवादी केन्द्रको १७ हजार मत छ ।


त्यस्तै, ललितपुरमा समाजवादीले १९३१ मत ल्याएको छ । ललितपुरमा एमालेले सर्वाधिक २६ हजार, कांग्रेसले २५ हजार र स्वतन्त्र पार्टीले १८ हजार मत ल्याएको छ ।

भक्तपुरमा समाजवादीको २१५२ मत रहेको छ । ललितपुरमा समानुनापातिकमा नेमकिपाले धेरै मत ल्याएको छ । यहाँ उसले ४० हजार ७ सय ६७ मत पाएको छ । दोस्रोमा एमालेले २६ हजार तथा तेस्रोमा कांग्रेसले २३ हजार सात सय र चौथोमा स्वतन्त्रले २३ हजार ६ मत ल्याएको छ ।
उपत्यकाका तीन जिल्लामा एकीकृत समाजवादीले १६ हजार मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्