Logo
Logo

नतिजा आउन १६ क्षेत्रमा मात्र बाँकी, कसले कति जिते ?


18.8k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम अवस्था पुगेको छ । सम्भवतः निर्वाचन सम्पन्न क्षेत्रको परिणाम शनिबार दिनभरमा आइसक्नेछ ।

शनिबार बिहान १० बजेसम्ममा १६५ मध्ये १४६ केन्द्रको मतपरिणाम आइसकेको छ । बाँकी १६ क्षेत्रमा गणना जारी छ । तीन क्षेत्रमा भने मतगणना हुन सकेको छैन । हालसम्म नतिजा सार्वजनिक भएको १४६ मा नेपाली कांग्रेस ४९ सीटमा विजयी हासिल गर्दै प्रथम स्थानमा छन् । अहिले कांग्रेसले पाँच क्षेत्रमा अग्रता कायम राखेको छ ।

त्यस्तै, नेकपा एमालले हालसम्म ३८ सीटमा विजयी हासिल गर्दै दोस्रो स्थानमा छन् । एमाले अहिले ६ स्थानमा अगाडि छ ।
यस्तै, नेकपा माओवादीदले १६ क्षेत्रमा विजयी हुँदै तेस्रो र नेकपा एकीकृच समाजवादी १० सीटसहित चौथौ स्थानमा छ । माओवादी अहिले २ स्थानमा अगाडि छ ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ६, जसपा ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १ र जनमत पार्टीले १ क्षेत्रमा जित हासिल गरेका छन् । अन्य दल तथा स्वतन्त्रले ६ सीटमा जित हासिल गरेका छन् ।
मतपरिणाम आउन बाँकी १६ स्थानमध्ये दोलखा, स्याङ्जा–२ र बाजुराको मतगणना सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्