Logo
Logo

बाजुराको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मतदान हुँदै


1k
Shares

काठमाडौं । बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ स्थित नन्देश्वरी मतदान केन्द्रमा मतदान सुरु भएको छ । मंसिर ४ गते धाधली भएको भन्दै मतदानमा रोकिएको थियो । निर्वाचन आयोगले आजका लागि मतदान मिति तय गरेको थियो ।

नन्देश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा शनिबार बिहान ७ बजे सुरु भएको मतदान छ । मतदान प्रक्रिया बेलुका ५ बजेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थिले जानकारी दिए । मंसिर ४ गतेको निर्वाचनमा २८ मत खस्नेबित्तिकै विवाद उत्पन्न हुँदा मतदान स्थगित गरिएको थियो । बूढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्