Logo
Logo

सुवास नेम्वाङ १३० मतले अगाडि


28.8k
Shares

इलाम । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काबीचको कडा प्रतिस्पर्धाले इलाम–२ को मतगणना रोचक बनेको छ ।

इलाम नगरपालिकाको वडा नम्बर १ को १ हजार ९ सय ९२ मत गणना गर्न बाँकी रहँदा नेम्वाङले १ सय ३० मतान्तरले अग्रता लिएका छन् । यसअघि नेम्वाङ १६ मतले पछि परेका थिए ।

नेम्वाङले २९ हजार एक सय ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी खड्काले २९ हजार पाँच मतका साथ पछ्याईरहेका छन् ।

यो क्षेत्रमा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्