Logo
Logo

२० लाख मतसहित समानुपातिकतर्फ एमाले पहिलो, अरु दलले कति मत पाए ?


29.4k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन ।

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ ।

समानुपातिक तर्फको जारी गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी चांैथो स्थानमा रहँदा राजावादी दल राप्रपा पाँचौं स्थानमका रहेको छ । त्यसैगरी, जनता समाजवादी पार्टी छैटौं, नेकपा एकीकृत सजवादी सातौं, क्षेत्रिय दलहरु नागरिक उन्मुक्ति पार्टी आठौं, जनमत पार्टी नवौं र मधेसी दल लोकतान्त्रिक समाजवादी पार्टी दशौं स्थानमा रहेको छ ।

पहिलो स्थानमा रहेको एमालेले २० लाख ४४ हजार ९९४ मत पाउँदा दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ७४ हजार ८७० मत पाएको छ ।

त्यसैगरी, तेस्रो स्थानमा रहेको माओवादीले ७ लाख ७६ हजार ७०७ मत पाउँदा चौथो स्थानमा रहेको रास्वपाले ८ लाख ४६ हजार ६३२ मत पाएको छ ।

त्यस्तै, पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४९ हजार ६ सय मत पाउँदा छैटौंमा रहेको जसपाले २ लाख ४२ हजार १६ र सातौं स्थानमा रहेको एकीकृत समाजवादीले १ लाख ८८ हजार २७८ मत पाएको छ ।

त्यसैगरी, नागरिक उन्मुक्तिले १ लाख ७५ हजार ६९०, जनमतले १ लाख ७० हजार ७९२ र लोसपाले १ लाख १ हजार ७९२ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्