Logo
Logo

समानुपातिकतर्फ माओवादीले ९ लाख कटायो


44.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन ।

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ ।

समानुपातिकतर्फको जारी गणनामा नेकपा माओवादी केन्द्र ९ भन्दा धेरै मत पाउँदै तेस्रो स्थान कायम गरेको छ । माओवादीले अहिलेसम्म ९ लाख ८ हजार ८४० मत पाइको छ ।

माओवादीले समानुपातिकतर्फ प्रतिनिधिसभातर्फ प्रदेश १ मा ४८ हजार ६४६ मत पाएको । यहाँ माओवादी तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै, मधेस प्रदेशमा माओवादीले ९३ हजार ५१९ मत मात्र पाएको छ । यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, माओवादीले बाग्मती प्रदेशमा १ लाख ७७ हजार ७०५ मत पाएको छ । यहाँ पनि माओवादी चौथौं स्थानमा छ ।

माओवादीले हालसम्म गण्डकी प्रदेशमा १ लाख ५ हजार ३५५ मत पाएको छ भने लुम्बिनीमा १ लाख ५६ हजार ९६७ मत पाएको छ । यी दुबै प्रदेशमा पनि माओवादी तेस्रो स्थानामा रहेको छ ।

त्यसैगरी, माओवादीले कर्णाली प्रदेशमा १ लाख २९ हजार ४३ मत पाएको छ । यहाँ पनि माओवादीले दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा माओवादी ९५ हजार ८५० मत पाएको छ । यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्