इलाम । इलाम-२ ‘क’ मा नेपाली कांग्रेसका गोविन्द गिरी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी १ हजार २११ मतान्तरसहित निर्वाचित भएका हुन् ।
गिरीले १६ हजार ६६५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार ४४७ मत पाए ।