काठमाडौं, २० भदौं । ‘मिसेस नेपाल इन्टरनेसनल–२०१९’मा ३६ जना गृहीणी अन्तिम स्पर्धाका लागि भिडन्त गर्दैछन् । रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको यो पाँचौँ संस्करणका प्रतियोगीले अहिले भिन्नि आत्मविकासबारे प्रशिक्षण लिइरहेका छन् ।
रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगिता लैंगिक असमानताविरुद्धको अभियान भन्ने नारा दिइएको छ । आयोजक संस्थाका निर्देशक निशुकान्त झाका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो ४ असोजमा राजधानीमा हुनेछ ।
प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भाविशा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई, सशीला श्रेष्ठ र प्रतिमा मल्ल प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाई, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंहले अन्तिम स्पर्धा गर्दैछन् ।