काठमाडौं । थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा(एकीकृत समाजावादी) पार्टीले मधेस प्रदेशमा भने राम्रो मत ल्याएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा समाजवादीले मधेसी दल भन्दा धेरै मत ल्याएको छ ।
रौतहटमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसले ६५ हजार ८ सय ४५ मत ल्याएको छ । त्यस्तै एमालेले ३८ हजार तीन सय २७ तथा एकीकृत समाजवादीले ३२ हजार सात सय मत ल्याउँदै तेस्रो स्थानमा छ ।
त्यस्तै, जसपाले ३१ हजार ५२९, जनमत पार्टीले २५ हजार ८ सय ३८, माओवादीले २३ हजार ५२१, संघीय समाजवादी पार्टीले १० हजार ६३५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ९१५९ मत ल्याएको छ ।
पछिल्लो परिणामअनुसार समग्र मधेस प्रदेशमा समाजवादीले ६४ हजार ५ सय ७० मत ल्याएको छ ।