Logo
Logo

प्रतिनिधिसभाका ५ सहित धनकुटामा ११ जनाको जमानत जफत


1.5k
Shares

धनकुटा । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट ११ जना उमेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फका पाँच र प्रदेशसभाका ६ सहित ११ जनाको जमानत जफल भएको हो ।

प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रदेशसभा ‘क’ मा एकजना र प्रदेश सभा ‘ख’ तर्फ पाँच जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका सातमध्ये दुईजनाको मात्रै जमानत जोगिएको छ । बाँकी पाँच जनाको जमानत जफत भएको हो ।

जमानत जफत हुनेमा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उमेदवारी दिएका हेमराज भण्डारी (५९२६), राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा (१०५९), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु (६२५), मंगोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती (२१७) र एकीकृत शक्ति नेपालका रमेश (राई ९५) छन् ।

प्रतिक्रिया दिनुहोस्