Logo
Logo

दोलखाका १० केन्द्रमा पुन: मतदान गर्ने आयोगको निर्णय


882
Shares

काठमाडौं । दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । स्थलगत अध्धयनको आधारमा निर्वाचन आयोगले जिल्लाका दुई गाउँपालिकाका १० केन्द्रको मतदान रद्द गरेको हो ।

वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको पाइएको आयोगले जनाएको छ ।
जसअनुसार वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क, ख र ‘ग’मा पुनः मतदान हुने भएको छ ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस्