Logo
Logo

माओवादीका ललितपुर संयोजक र सचिवले दिए राजीनामा


3.2k
Shares


काठमाडौं । नेकपा माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक र सचिवले राजीनामा दिएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले पदबाट राजीनामा दिएका हुन् । उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको बताइएको छ ।

ललितपुर ३ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी थिइन् भने ललितपुर २ प्रदेशभा (१) मा हरि दाहाल ३ (१) मा राजकाजी महर्जन पराजित भएका थिए ।

कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन हुँदा पनि उनीहरू पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्