काठमाडौं, २० भदौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो सिंगापुरमा उपचारपछि आज शुक्रबार स्वदेश फर्किए छन् । उनी मृगौलाको थप उपचारका लागि ५ भदौमा सिंगापुर गएका थिए । उनी विमानस्थलमा ओर्लिदा स्वस्थ्य देखिए ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामबारे छलफल गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी थिए ।