Logo
Logo

बर्दियामा श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ


504
Shares

बर्दिया । बर्दियाको गफिरया नगरपनिलकामा कुटिपट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २६ वर्षीया नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा गुलरिया १ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ।

बोधराजको कुटपिटबाट गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्