Logo
Logo

फिफा विश्वकप : आज चार खेल हुने


4.5k
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (मंगलबार) चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ । जसमा समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

यस खेलहरुबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्