Logo
Logo

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा


1.1k
Shares

काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल–२०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

रोमबार राति भएको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै पाँच पटकको विजेता ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो ।

ब्राजिलको जितमा कासेमिरोले गरेको गोल निर्णायक सावित बन्यो । उनले खेलको ८३ मिनेटमा गोल गरेका थिए । रोद्रिगोले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन् ।

समूह ‘जी’ मा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि पहिलो खेलमा सर्वियालाई हराएको थियो । समूहमा तीन अंक जोडेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ ।

एक–एक अंक जोडेको क्यामरुन र सर्बिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अब अन्तिम चरणमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्यान्ड र सर्बिया भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्