Logo
Logo

तराईमा चिसोबाट जोगिन आग्रह


1.1k
Shares

काठमाडौं । आज देशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश–१ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।

त्यस्तै तराईका भू–भागमा हुस्सुरकुहिरो लागेकाले चिसो बढेको छ । हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समेत बिहानको समयमा कठिनाइ हुने गरेको छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्