Logo
Logo

दरबारमार्गको मसाजमा वृद्ध भेटिएपछि…


21.5k
Shares

काठमाडौं । प्रहरीको अप्रेसनपछि ठमेल–दरबारमार्ग क्षेत्रमा आधा भन्दा धेरै मसाज बन्द भइसकेका छन् । मसाजका नाममा यौनजन्य गतिविधि हुने गरेकोमा प्रहरीले त्यसमा कडाई गरेपछि धेरै मसाज सेन्टर बन्द भएका हुन् । तर, कतिपय मसाजमा अहिले पनि अवैध गतिविधि रोकिएका छैनन् ।

गत ७ मंसिरमा दरबारमार्ग प्रहरीले गरेको एक अप्रेसनले सो देखाउँछ । राइजिङ मल छेउको एक मसाजमा छापा हान्दा एउटा अचम्मको घटना देखियो । जहाँ ६५ वर्षका वृद्ध पाँच युवतीसँग यौनजन्य गतिविधिमा भेटिए । प्रहरीले वृद्ध र पाँच युवतीलाई पक्राउ ग¥यो । तर, मानवियताको आधारमा एक रात थुनेर छाडिदियो । पक्राउ परेका युवतीहरु दुधे बालक भएको खुलेपछि मुद्दा चलाउन कठिन भएको वृत्तका एक प्रहरीले दृष्टिलाई बताए ।

काठमाडौंका एक प्रतिष्ठित परिवारका ती वृद्ध सो मसाजका नियमित ग्राहक थिए । त्यहाँ मसाज भन्दा यौनधन्दा हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । जहाँबाट प्रहरीले ठूलो मात्रामा कन्डम समेत बरामद गरेको थियो । सो अप्रेसनपछि सञ्चालक हाल मसाज नै बन्द गरेर भागेका छन् ।

काठमाडौंमा अहिले पनि प्रहरी सेटिङमा विभिन्न ठाउँमा यस्ता धन्दा चल्ने गरेका छन् । दरबारमार्ग, सोह्रखुट्टे क्षेत्रका घुमुवा र वर्षाैदेखि त्यहाँ काम गर्दै आएका प्रहरीसँग मिलेर मसाजको नाममा यस्तो धन्दा चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्