Logo
Logo

प्यूठानमा तीन दशकपछि कांग्रेसको संसदीय सफलता


24.4k
Shares

प्यूठान । कम्युनिष्टहरूको गढका रुपमा चिनिने प्यूठान जिल्लामा ३१ वर्षपछि नेपाली कांग्रेसले चुनावी जित हात पारेको छ । प्रदेश सभामा कांग्रेसका उम्मेदवार सरोज थापा(रोज राणा)ले जिल्लामा यो जित दिलाएका हुन् ।

निर्वाचन क्षेत्र १(२)बाट उनले एमाले उम्मेदवार हरि रिजाललाई एक हजार सात सय १२ मतले पराजित गरेका हुन् । थापाले २२ हजार पाँच सय १८ मत ल्याउँदा रिजालले २० हजार ८ सय ७ मत ल्याए ।

प्यूठानमा २०४८ सालमा कांग्रेसका मुक्तिप्रसाद शर्माले जितेपछि कुनै पनि संसदीय चुनाव उसले जित्न सकेको छैन । यसपटक कम्युनिष्टहरुसँगै प्यूठानमा कांग्रेसको गठबन्धन गरेको थियो । तर, जिल्लामा गठबन्धनका अन्य उम्मेदवार पराजित हुँदा थापाले कांग्रेसको इज्जत बढाएका छन् ।

निर्माता संघका महासचिव समेत रहेका रोज नेपाल बिद्यार्थी संघदेखि कांग्रेसको राजनीतिमा लागेका थिए । केही वर्षयता उनी कांग्रेसको क्षेत्रीय सभापति छन् । लुम्बिनीका धेरै जिल्लामा कांग्रेसका उम्मेदवार पराजित भएको अवस्थामा उनले व्यक्तिगत लोकप्रियताका आधारमा जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्