Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान


315
Shares

काठमाडौं । देशका विभिन्न भागमा आज आंशिक बदली हुने भएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा आज बिहान आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकको छ । अन्य भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । विभागले आज राति प्रदेश–१ का केही तथा वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराई भू–भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्