Logo
Logo

क्रिस्टियन चम्किँदा अमेरिका विश्वकपको नकआउट चरणमा


3.4k
Shares

एजेन्सी । इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति अल थुनामा भएको खेलमा इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए। यस जितसँगै अमेरिका समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्