Logo
Logo

वेल्सलाई हराउँदै इंग्ल्यान्ड अन्तिम १६ मा


693
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह बी बाट उपबिजेता बन्दै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति अहमद बिन अली रंगशालामा भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे ।

फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३(० को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड समूह ुबीु को विजेता बनेको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गर्यो ।

वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्