Logo
Logo

धनराजलाई पछि पार्दै स्याङ्जामा पद्माको अग्रता


7.2k
Shares

काठमाडौं । स्याङ्जा-२ मा नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङलाई उछिनेकी छिन् । पछिल्लो मतपरिणामअनुसार अर्यालले २६४८ मत ल्याउँदा गुरुङले २३७८ मत पाएका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले ४ वटा बुथ कव्जा गरी मतदान गरेको आरोप नेकपा एमाले लगायतका राजनीतिक दलले लगाएपछि मतगणना रोकिएको थियो ।

बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा पुगेको थियो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएपछि बुधबार रातिदेखि मत गणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्