Logo
Logo

सुनसरी-४ मा एमालेका जगदीशप्रसादको अग्रता


12.9k
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता कायम गरेका छन् । उनले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई ८२ मतले उछिनेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत पाएका छन् । कांग्रेस उम्मेदवार कार्की २९७१२ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत ल्याउँदा राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्