Logo
Logo

समानुपातिकमा १ करोड २ लाख मत गन्दा कसले कति पाए ?


8.4k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतत गणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको १ करोड २ लाख २२ हजार २२२ मत गणना भइसकेको छ ।

बिहीबार बिहान नौ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर अगै स्थानमा छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। त्यस्तै ११ लाख ५४ हजार ५९१ मत प्राप्त गरी नेकपा माओवादी केन्द्र तेस्रो भएको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ । यस्तैगरी जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाएको छ ।

मतगणनाको अन्तिम चरणमा पुग्दा कुन कुन पार्टी राष्ट्रिय पार्टी बन्ला भन्ने चासो चलिरहेको छ । पछिल्लो मत परिणाम हेर्द नेकपा एमालेबाट छुटिट्एर दर्ता भएको नयाँ दल नेकपा एसलाई राष्ट्रिय पार्टी बन्न हम्मे हम्मे परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्