Logo
Logo

सुनसरी-४ (क) मा कांग्रेसका सदानन्द विजयी


1.3k
Shares

काठमाडौं । सुनसरी–४ को प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका सदानन्द मण्डल निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतलाई ३ हजार १६८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

मण्डलले १५ हजार १९८ मत पाउँदा बस्नेतले १२ हजार ३० मत प्राप्त गरेका छन् । प्रदेश १ को १४ जिल्लास्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रको मत गणना सम्पन्न भएको छ ।

जसमा एमाले २५, कांग्रेस १७, माओवादी ९, नेकपा (एकीकृत समाजवादी) ३ र राप्रपाले २ वटा क्षेत्र जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्