Logo
Logo

सुनको भाउ प्रतितोला पाँच सय रुपैँयाले बढ्यो


1.1k
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सयले बढेको छ ।

बुधबार प्रतितोला ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार एक सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ४० ले बढेर एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्