काठमाडौं ।
काठाडमौंमा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि नयाँ समय तालिका सार्वजनिक गरिएको छ ।
मङ्गलवार काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट‘काठमाण्डौ जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित मर्यादित र व्यवस्थित गर्न नयाँ समय तालिका निर्णय गरिएको हो । जून निर्णय बिहिबार सार्वजनिक भएको छ ।
यस्तो छ निर्णय–
१. लिकर सपहरु (बोतलबन्दी बिक्री हुने मात्र)– २२ः०० बजेसम्म ।
२. रेष्टुरेन्ट–२४ः०० बजेसम्म ।
३. डान्स दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बार –०२ः०० बजेसम्म ।
४. क्लव र डिस्को –०४ः०० बजेसम्म ।